Listen live
  • Next Broadcast: Saturday 8:00 AM MT on Red FM 106.7

TODAY
April 15, 2026 11:13 pm
Nepali Calendar / Date converter

donate nepali radio
ABOUT NEPALI RADIO CALGARY

नेपाली रेडियो क्यालगरी क्यालगरीको नेपाली समुदायको आवाज हो, जुन २०१० मा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) द्वारा सुरु भएको थियो। RED FM 106.7 MHz सँगको सहकार्यमा हाल यो प्रत्येक शनिबार बिहान ८:०० देखि ९:०० बजे (Mountain Time) प्रसारण हुन्छ र फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिन्छ। यो स्वयंसेवीहरूद्वारा सञ्चालित रेडियोले नेपाली भाषा, संस्कृति, र समुदायलाई जोड्नुका साथै शिक्षा, मनोरञ्जन, र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँछ।
Nepali Radio Calgary is the voice of Calgary’s Nepali community, launched in 2010 by the Nepalese Community Society of Calgary (NCSC). In collaboration with RED FM 106.7 MHz, it currently airs every Saturday from 8:00 AM to 9:00 AM Mountain Time and is also broadcasted live on Facebook. Run entirely by volunteers, the radio connects the Nepali language, culture, and community while promoting education, entertainment, and tourism.

नेपाली रेडियो क्यालगरी: समुदायको आवाज
विश्वभर नेपाली जनसंख्याको विस्तारसँगै नेपाली भाषाका सञ्चारमाध्यमहरू पनि उल्लेखनीय रूपमा विकसित भइरहेका छन्। नेपाली भाषा, संस्कृति, र समुदायलाई जोड्ने उद्देश्यले विभिन्न व्यक्तिहरू, समूहहरू, र संस्थाहरूले टेलिभिजन, रेडियो, पत्रिका, र अनलाइन माध्यमहरू सञ्चालन गर्दै आएका छन्।
क्यानडामा नेपालीहरू उल्लेख्य रूपमा बसोबास गर्ने शहरहरूमा, विशेषगरी टोरन्टो र अन्य प्रमुख शहरहरूमा, नेपाली अनलाइन पत्रिका तथा रेडियोहरू पहिले नै सञ्चालनमा आइसकेका थिए। यही क्रममा, क्यालगरीमा नेपाली जनसंख्या बढ्दै गएपछि यहाँ पनि नेपाली भाषामा सञ्चारमाध्यम आवश्यक पर्ने महसुस भयो। त्यसैका लागि नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) ले २०१० मा क्यालगरी नेप्लिज कम्युनिटी एशोसिएसन (CNCA) लगायत अन्य समुदायिक साझेदारीमा Fairchild Radio FM ९४.७ FM मार्फत नेपाली रेडियोको सुरुवात गर्यो।
श्रोताहरूको ठूलो समर्थनका कारण रेडियो कार्यक्रम छोटो समयमै लोकप्रिय बन्न सफल भयो। तर, प्रविधिगत र अन्य विविध कारणले करिब एक वर्षपछि कार्यक्रम रोक्नुपर्यो। पुनः सञ्चालनका लागि थुप्रै प्रयास गरिए तापनि तत्काल सफलता प्राप्त हुन सकेन।

UPCOMING PROGRAM

  • Episode: 383

    आदरणीय दर्शक तथा श्रोता महानुभावहरू, नमस्कार! ‎ ‎‎ ‎ हामी यस साता प्रस्तुत गर्दैछौँ Episode 383 | From Steps to Stage: The Dance Journey of Kids & Youth शीर्षकमा एक विशेष जानकारीमूलक तथा सामुदायिक कार्यक्रम। ‎ ‎‎ ‎ बच्चाहरूको नृत्य केवल कदम मात्र होइन, यो आत्मविश्वास, अभिव्यक्ति, संस्कृति र समुदायसँगको सम्बन्धको यात्रा हो। नाच सिक्ने क्रममा बच्चाहरूले नयाँ सीप, समूहमा काम गर्ने क्षमता, र सिर्जनात्मक व्यक्तित्व विकास गर्ने अवसर पाउँछन्। ‎ ‎‎ ‎ यस विशेष कार्यक्रममा हामी NCSC (Nepalese Community Society of Calgary) का Dance Instructor, Pooja Siwakoti सँगको अर्थपूर्ण संवाद प्रस्तुत गर्नेछौँ। ‎ ‎‎ ‎ कार्यक्रममार्फत उहाँले बालबालिकालाई नाच सिकाउने अनुभव, अभ्यास र प्रस्तुतीको तयारी, साथै बालबालिकामा आत्मविश्वास र सांस्कृतिक पहिचान विकास गर्ने तरिकाबारे जानकारी दिनुहुनेछ। ‎ ‎‎ ‎ “Step Into Culture” बाट “From Steps to Stage” सम्मको यात्रामा बच्चाहरूले सिक्ने कला, आत्मविश्वास, र समुदायसँगको सम्बन्धलाई हामी प्रस्तुत गर्नेछौँ। ‎ ‎‎ ‎ यस कार्यक्रममार्फत हामी बालबालिकालाई नृत्यका माध्यमबाट सिर्जनात्मक अभिव्यक्ति र सकारात्मक विकासका लागि प्रेरित गर्न चाहन्छौँ। ‎ ‎‎ ‎ कृपया कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोस्, र आफ्ना सुझाव तथा प्रतिक्रिया हामीसँग साझा गर्न नबिर्सनुहोला। ‎ ‎‎ ‎ हजुरहरूको निरन्तर माया, विश्वास र समर्थनका लागि हार्दिक धन्यवाद।

PAST EPISODES