Nepali Radio Calgary

Every Saturday, 8am-9am MT on Red FM 106.7 or live on Facebook. सुचना, मनोरञ्जन र सद्भावको लागि नेपाली रेडियो क्याल्गेरी!

OVERVIEW

नेपाली रेडियो क्यालगरी (Nepali Radio Calgary)

नेपाली रेडियो क्यालगरी क्यालगरीको नेपाली समुदायको आवाज हो, जुन २०१० मा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) द्वारा सुरु भएको थियो। RED FM 106.7 MHz सँगको सहकार्यमा हाल यो प्रत्येक शनिबार बिहान ८:०० देखि ९:०० बजे (Mountain Time) प्रसारण हुन्छ र फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिन्छ। यो स्वयंसेवीहरूद्वारा सञ्चालित रेडियोले नेपाली भाषा, संस्कृति, र समुदायलाई जोड्नुका साथै शिक्षा, मनोरञ्जन, र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँछ।

Nepali Radio Calgary is the voice of Calgary’s Nepali community, launched in 2010 by the Nepalese Community Society of Calgary (NCSC). In collaboration with RED FM 106.7 MHz, it currently airs every Saturday from 8:00 AM to 9:00 AM Mountain Time and is also broadcasted live on Facebook. Run entirely by volunteers, the radio connects the Nepali language, culture, and community while promoting education, entertainment, and tourism.

https://www.facebook.com/nepaliradiocalgary/


 

नेपाली रेडियो क्यालगरी: समुदायको आवाज

विश्वभर नेपाली जनसंख्याको विस्तारसँगै नेपाली भाषाका सञ्चारमाध्यमहरू पनि उल्लेखनीय रूपमा विकसित भइरहेका छन्। नेपाली भाषा, संस्कृति, र समुदायलाई जोड्ने उद्देश्यले विभिन्न व्यक्तिहरू, समूहहरू, र संस्थाहरूले टेलिभिजन, रेडियो, पत्रिका, र अनलाइन माध्यमहरू सञ्चालन गर्दै आएका छन्।

क्यानडामा नेपालीहरू उल्लेख्य रूपमा बसोबास गर्ने शहरहरूमा, विशेषगरी टोरन्टो र अन्य प्रमुख शहरहरूमा, नेपाली अनलाइन पत्रिका तथा रेडियोहरू पहिले नै सञ्चालनमा आइसकेका थिए। यही क्रममा, क्यालगरीमा नेपाली जनसंख्या बढ्दै गएपछि यहाँ पनि नेपाली भाषामा सञ्चारमाध्यम आवश्यक पर्ने महसुस भयो। त्यसैका लागि नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) ले २०१० मा क्यालगरी नेप्लिज कम्युनिटी एशोसिएसन (CNCA) लगायत अन्य समुदायिक साझेदारीमा Fairchild Radio FM ९४.७ FM मार्फत नेपाली रेडियोको सुरुवात गर्यो।

श्रोताहरूको ठूलो समर्थनका कारण रेडियो कार्यक्रम छोटो समयमै लोकप्रिय बन्न सफल भयो। तर, प्रविधिगत र अन्य विविध कारणले करिब एक वर्षपछि कार्यक्रम रोक्नुपर्यो। पुनः सञ्चालनका लागि थुप्रै प्रयास गरिए तापनि तत्काल सफलता प्राप्त हुन सकेन।

रेड एफ एम (RED FM) सँगको सहकार्य

२०१३ मा साउथ एसियन ब्रोडकास्टिङ कर्पोरेशन को स्वामित्वमा रहेको RED FM (Reflecting Ethnic Diversity) ले क्यालगरीमा सेवा विस्तार गर्ने निर्णय गर्‍यो। यसले नेपाली रेडियो पुनः सञ्चालन हुने आशा जगायो। कार्यक्रम सञ्चालन गर्न आवेदन दिइए तापनि सुरुमा प्रसारण समय पाउन सकिएन। २०१८ मा NCSC र RED FM टोलीले अनुगमन गरेपछि, RED FM ले उपलब्ध समय स्लॉट मिलाइदिएको थियो र अन्ततः २०१८ को अगस्ट २८ बाट प्रत्येक मंगलबार राति १०:०० देखि १२:०० बजे (Mountain Time) सम्म १०६.७ MHz मा नेपाली रेडियो क्यालगरी प्रसारण हुन थाल्यो। उल्लेखनीय कुरा के छ भने, RED FM ले प्रसारण समय निःशुल्क रूपमा उपलब्ध गराएको छ, जसले यो सामुदायिक परियोजना सम्भव बनायो।

नेपाली रेडियो क्यालगरीले रेडियोमा प्रत्यक्ष प्रसारणको साथ कार्यक्रमलाई निरन्तरता दिँदै, सोही समयमा फेसबुक लाइव (अडियो र दृश्य) प्रसारण पनि सुरु गरेको थियो, पछि COVID-19 को वैश्विक प्रभावले यसमा असर पुर्‍यायो। COVID-19 को प्रभाव पछि, केवल रेकर्ड गरिएका कार्यक्रमहरू प्रसारण गर्न थालियो। जब COVID-19 को प्रभाव केही कम भयो, RED FM स्टेशनबाट पुनः प्रसारण सुरु गरियो र बिस्तारै फेसबुक लाइव मार्फत भिडियो प्रसारण पनि गर्न थालियो।

पहिले प्रदान गरिएको समय उपयुक्त नभएतापनि केही वर्ष त्यही समयमा कार्यक्रम सञ्चालन गरियो। पछि, कार्यक्रमको अवधि घटाएर प्रत्येक मंगलबार राति १०:०० देखि ११:०० बजे प्रसारण गर्न थालियो। शनिबार वा आइतबारको सुविधाजनक समयमा स्थानान्तरण गर्न अनुरोध गरिएपछि, अन्ततः २०२२ सालको अगस्ट २० तारिखदेखि नेपाली रेडियो क्यालगरी हरेक शनिबार बिहान ८:०० देखि ९:०० बजे प्रसारण हुन थाल्यो।

नेपाली समुदायका लागि विशेष योगदान

नेपाली रेडियो क्यालगरीले सूचना र मनोरञ्जन मात्र होइन, विश्वभर छरिएका नेपालीहरूबीच सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

यद्यपि नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी को पहलमा रेडियो स्थापना भएको हो, यो सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति हो।

नेपाली रेडियो क्यालगरीले केवल सूचना र मनोरञ्जन प्रदान गर्ने मात्र होइन, विश्वभर छरिएका नेपालीहरूबीच सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ। पूर्ण रूपमा स्वयंसेवीहरूद्वारा सञ्चालित यस सामुदायिक रेडियोले निम्न मुख्य उद्देश्यहरू पूरा गरिरहेको छ:

  • नेपाली भाषा, कला, संस्कृति, सम्पदा, र पर्यटन प्रवर्द्धन
  • स्थानीय नेपाली व्यवसायलाई प्रवर्द्धन गर्ने अवसर
  • सामुदायिक अग्रज, बुद्धिजीवी, खेलाडी, कलाकार आदिको अन्तर्वार्ता मार्फत ज्ञान आदान-प्रदान
  • युवाहरूलाई रेडियो सञ्चालन तथा सार्वजनिक रूपमा बोल्न सिकाउने तालिम
  • ज्ञान–विज्ञान, शिक्षा, कला, साहित्य, र संगीतसम्बन्धी विविध कार्यक्रम प्रसारण
  • नेपाली पर्यटन प्रवर्द्धनमा योगदान

भविष्यका योजनाहरू

नेपाली रेडियो क्यालगरीले आगामी दिनमा कार्यक्रमलाई अझ गुणस्तरीय, परिष्कृत, र समावेशी बनाउने योजनामा छ। साथै, रेडियो कार्यक्रमलाई निरन्तरता दिँदै निकट भविष्यमा नेपाली टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत राखिएको छ।

यस सामुदायिक यात्रामा अहिलेसम्म साथ दिने सम्पूर्ण श्रोताहरू, स्वयंसेवकहरू, र सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

 


 

Nepali Radio Calgary: The Voice of the Community

With the growing Nepali population worldwide, Nepali-language media have also significantly expanded. Various individuals, groups, and organizations have been operating television channels, radio stations, newspapers, and online platforms to connect the Nepali language, culture, and community.

In Canada, cities with a significant Nepali population—especially Toronto and other major cities—had already established Nepali online newspapers and radio stations. As the Nepali population in Calgary increased, the need for a Nepali-language media outlet became evident. The Nepalese Community Society of Calgary (NCSC), in collaboration with the Calgary Nepalese Community Association (CNCA) and other community partners, launched Nepali Radio Calgary in 2010 through Fairchild Radio FM 94.7 to fulfill this need.

The radio program quickly gained popularity due to listeners' overwhelming support. However, due to technical and operational challenges, it had to be discontinued after about a year. Despite multiple efforts to restart it, immediate success was not achieved.

Collaboration with RED FM

In 2013, the South Asian Broadcasting Corporation, which owns RED FM (Reflecting Ethnic Diversity), decided to expand its services to Calgary, sparking hope for the revival of Nepali Radio. While applications were submitted for a broadcasting slot, time was initially unavailable. In 2018, after follow-ups by the NCSC and RED FM teams, RED FM arranged an available time slot, and finally, from August 28, 2018, Nepali Radio Calgary began broadcasting every Tuesday night from 10:00 PM to 12:00 AM (Mountain Time) on 106.7 MHz. Notably, RED FM has been providing the broadcasting time free of charge, making this community initiative possible.

Nepali Radio Calgary continued the program with live broadcasting on the radio, while also starting Facebook Live (audio and visual) streaming at the same time, until the global impact of COVID-19 affected it. After the impact of COVID-19, only recorded programs were broadcast. Once the impact of COVID-19 eased, broadcasting resumed from the RED FM station, and gradually, video streaming through Facebook Live also began.

Although the initially allocated time was not ideal, the program continued in that slot for several years. Later, the program was reduced to one hour, airing every Tuesday from 10:00 PM to 11:00 PM (Mountain Time).

Upon request for a more convenient weekend slot, a new time was secured, and since August 20, 2022, Nepali Radio Calgary has been airing every Saturday from 8:00 AM to 9:00 AM (Mountain Time).

A Valuable Contribution to the Nepali Community

Beyond providing information and entertainment, Nepali Radio Calgary has played a crucial role in strengthening connections among Nepalis worldwide.

Although the Nepalese Community Society of Calgary (NCSC) initiated Nepali Radio, it is truly a shared platform for the entire Nepali community.

Beyond providing information and entertainment, Nepali Radio Calgary has played a crucial role in strengthening connections among Nepalis worldwide. As an entirely volunteer-run community radio station, it serves several key objectives:

  • Promoting Nepali language, art, culture, heritage, and tourism
  • Supporting and advertising local Nepali businesses
  • Interviewing community leaders, intellectuals, athletes, and artists to share knowledge and experiences
  • Encouraging and training youth in radio broadcasting and public speaking
  • Broadcasting programs focused on education, science, art, literature, and music
  • Contributing to Nepali tourism promotion

Future Plans

Nepali Radio Calgary is committed to making its programs even higher-quality, refined, and inclusive. In addition to continuing its radio programs, the organization aims to launch a Nepali television program soon.

 


 

Our Community's Support and Dedication

हामी सम्पूर्ण श्रोताहरू, स्वयंसेवकहरू, र सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
We sincerely thank all our listeners, volunteers, and supporting organizations for their contributions.

NCSC Media Coordinators: Prabina Bhandari (2016-2018), Dipendra Bhandari (2018-2020), Surya Adhikari (2020-2022), Prakash Chhetri (2022-2024), Ramesh Basnet (2024-Present)

Radio Coordinators: Kusum Gyanwali (Jan 2019-June 2019), Surya Adhikari (July 2019 – December 2023)

NCSC Calgary


Are there any topics you'd like us to explore or discuss in our upcoming programs?

Recommend a Topic, Recommend Anyone You Know, or Recommend Yourself:

https://tinyurl.com/shareideasforradio

Your Voice Matters: Help Us Plan Engaging Radio Content!

We value your input in shaping the stories and conversations that matter most to our community. By filling out this form, you can suggest topics you'd like us to explore and recommend inspiring guests to share their expertise or experiences. Your ideas will help us create engaging and meaningful radio content that reflects the voices and interests of our audience.

Take a moment to share your thoughts—we can’t wait to hear from you!

Sample Topic Suggestion: "Exploring Nepali Festivals in the Diaspora" - A discussion on how Nepali communities in Canada celebrate traditional Nepali festivals, featuring stories from listeners and interviews with cultural experts.